अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु

ललितपुर । लितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार घटनामा ५ जना घाइते भएका छन् ।

उनीहरूको उपचारका लागि पाटन अस्पताल लगिएको छ । विस्फोटको कारण खुलिनसकेको प्रवक्ता शाहले बताए ।

बिहिबार, ०८ बैशाख, २०७९, बिहानको ११:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर