गोली लागेर गम्भीर घाइते महिला सैनिकको मृत्यु

कपिलवस्तु । गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ ।

सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।

उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल ( एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

गोली लागेर गम्भीर घाइते भएकी उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै गम्भीर भएपछि नलगिएको प्रहरीको भनाइ छ ।

बिहिबार, ०८ बैशाख, २०७९, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर