चक्रवात यासको प्रभाव

देशका विभिन्न स्थानमा हिमपात र भारी वर्षाको सम्भावना

विराटनगर । पुर्वी बङ्गालको खाडीमा सिर्जना भएको चक्रवात यासका कारण नेपाली भु–भाग समेत प्रभावित हुने भएकाले जल तथा मौसम विज्ञान विभागले आम सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ ।

विभागले चक्रवात यास उत्तर–पश्चिम सर्ने क्रममा मंगलबार धेरै शक्तिशाली चक्रवातको रुपमा परिणत हुने भएकाले सर्वसाधारणलाई सजग रहन आग्रह गरेको हो । बुधबारसम्म चक्रवात अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने विभागको अनुमान छ । चक्रवातका कारण मंगलबार अपरान्हपछि देशका विभिन्न स्थानहरुमा सामान्यदेखि पुर्ण बदली भई बाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भुभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले चक्रवातका कारण उच्च हिमाली भुभागमा हावाहुरी समेत चल्नसक्ने भएकाले मंगलबारदेखि केहीदिनसम्म पर्वतारोहीहरुलाई सर्तकता अपनाउन समेत आग्रह गरेको छ ।

विभागका अनुसार बुधबारबाट देशका धेरै स्थानहरुमा केहीदिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा पनि भारी बर्षाको सम्भावना रहेको विभागले जनाएकोे छ ।

मङ्गलबार, ११ जेठ, २०७८, बिहानको ११:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर