विराटनगर । विश्वव्यापिरूपमा फैलिएको कोरोना भाइरसका कारण यहा“को आर्थिक क्षेत्र प्रभावित हुनथालेको भन्दै उद्योग संगठन मोरङले राहात प्याकेज घोषणा गर्न सरकारस“ग माग गरेको छ ।
उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयात, उत्पादित वस्तुको निर्यात र बजारको गतिविधिमा आएको कमीले समग्र आर्थिक क्षेत्र प्रभावित भएको भन्दै संगठनले राहातको माग गरेका हुन् ।
कच्चा पदार्थको आयात, तयारी वस्तुको निर्यात आदिले रोजगारी लगायत समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव सुरु भएको बताएको हो ।
कोरोना भाइरस संक्रमण जोखिम तथा त्रासका कारणले आर्थिक गतिविधिमा आइरहेको सुस्तता र उत्पादनमा आएको ह्रास, व्यापार तथा निर्यातमा आएको कमी, कच्चा पदार्थ पैठारीमा देखिएको असहजताको सामना गर्न बैंक ब्याज तथा विद्युत महशुलमा सहुलियत दिनुपर्ने माग अगाडि सारिएको छ ।
उद्योग संगठनले उद्योग व्यवसाय क्षेत्रमा परेको प्रभावलाई ध्यानमा राखेर यस अवधिको वैंक तथा वित्तिय संस्थाको व्याजको आधार दर गणना गरी ऋण तथा व्याज रकम भुक्तानी गर्न तीन महिना ग्रेस अवधि दिन माग गरेको छ ।
चैत्र मसान्तसम्म तिर्नु पर्ने करको समयावधि असार मसान्तसम्म पु¥याउन, विद्युत महशुलको न्यूनतम शुल्क मिनाहा गर्ने गरी राहात प्याकेज घोषणा गर्न विज्ञप्ति मार्फत माग गरिएको छ ।
संगठनले विषम परिस्थितीमा दैनिक उपभोग्य वस्तु, औषधि लगायत अत्यावश्यक वस्तुहरुको सहज उपलब्धताको व्यवस्था मिलाउन उद्योगी व्यवसायीहरुलाई अनुरोधसमेत गरेका छन् ।
गत डिसेम्वर महिनादेखि चीनको वुहान शहरमा देखा परेको कोरोना (कोभिड १९) भाइरसले अहिलेसम्म ६ हजार भन्दा बढीको ज्यान गएको र एक लाख पचास हजार भन्दा धेरै मानिस संक्रमित भइसकेको भन्दै सबैलाई सचेत, सजग र सुरक्ष्ँित रहन समेत अपिल गरेको छ ।