आधुनिक बायोग्यास सञ्चालन

पथरी । आयातित ग्यास प्रतिस्थापन गर्ने उद्देश्यसहित मोरङको कानेपोखरी गाउँपालिकामा होम वायो ग्यास सञ्चालनमा आएको छ ।

कानेपोखरी ६ रमाइलोका स्थानीय तेजेन्द्र पराजुलीको घरमा जडान गरिएको ग्यासको बटम अन गरी बालेर गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गर्नुभयो ।

इजरायली प्रविधिको ग्रिन ऊर्जा मल्टी कम्पनीबाट इजरायलको सहयोगमा होम वायो ग्यास जडान गरिएको हो । ७ घनमिटरको वायो ग्यास ५ वर्षेको ग्यारेन्टी रहेको र लागत ६५ हजार रुपैयाँ पर्ने बताइएको छ ।

वायो ग्यासको आयु १५ वर्षे भएको कम्पनीले जनाएको छ । यो ग्यासको चुल्हो पनि इजराईलबाटै आउँने भएकोले अरु ग्यासको चुल्होले काम नगर्ने बताइएको छध । यो ग्यास बनाउन खाल्डो खन्न नपर्ने, घरको छत र कोठमा पनि राख्न सहिने कुहिने जुनसुकै फोहोरबाट ग्यास उत्पादन हुने बताइएको छ ।

सुनसरीको रामधुनि नगरपालिकामा २९ वटा र धनकुटामा ४५ वटा वायो ग्यास पालिकामार्फत राखिसकेको कम्पनीले जनाएको छ । सहरी क्षेत्रमा फोहोर व्यावस्थापन समस्या हुने भएकोले घरको छतमा २ घनमिटरको राखेर ग्यास बाल्न सकिने बताइएको छ । भान्साबाट निस्किएको फोहोर र तरल प्रकारको फोहोरबाट पनि यो ग्यास चल्ने कम्पनीका प्रतिनिधि श्रीमन्त भट्टराईले बताउनुभयो ।

शनिबार, २४ फागुन, २०७६, रातीको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर