विराटनगर । विराटनगर– ४ बरगाछीस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पसले भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा विदाई गरेको छ ।
विराटनगरमा शनिबार एक कार्यक्रमबीच बिबिएस प्रथम वर्षमा भर्ना भएका र चौथो सेमिस्टर पूरा गरेका विद्यार्थीहरूलाई विदाई गरिएको हो ।
बिविएसमा भर्ना भएका ८७ र चौथो सेमेस्टर पूरा गरेका ५१ जना विद्यार्थीहरूलाई विदाई गरिएको चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पसका प्रमुख ईश्वर रिजालले जानकारी दिनुभयो । कार्यक्रममा दोस्रो र तेस्रो सेमेस्टरका विद्यार्थीहरुले भर्ना तथा विदाई भएका विद्यार्थीहरुलाई साँस्कृतिक नृत्य प्रस्तुत गरि मनोञ्जन प्रदान गरेका थिए । क्याम्पसले बिबिएसका प्रथम सेमेस्टरका क्याम्पस टप गर्ने सन्तोष कोइरालालाई सम्मान गरेको छ ।
प्रतिमा तिम्सिनालाई विद्यार्थी वर्ष पुरस्कार २०७६ बाट सम्मानित गरिउो भने प्रविणकुमार साहलाई शिक्षक वर्ष पुरस्कार प्रदान गरियो । विदाई भएका विद्यार्थीहरुलाई क्याम्पस प्रमुख ईश्वर रिजाल, क्याप्सका संस्थापकहरु गोविन्द थापा, सरिता घिमिरे, महावीर गुप्ता, क्याप्सका अध्यक्ष युवराज रिजाल, सचिब गोविन्द थापालगायतले मायाको चिनो र दोसल्ला ओढाएर विदाई गरेका थिए ।
Error: Contact form not found.
सोही अवसरमा क्याम्पसले आयोजना गरेको खेलकुद प्रतियोगितामा विजेता हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।