विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा जिल्लालाई प्रथम बनाउन भूमिका खेलेको भन्दै एभरेष्ट स्कुलबाट प्रतिनिधित्व गर्ने ६ खेलाडीलाई सम्मान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि ६ खेलाडीलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले सम्मान गरे । उनले प्रदेशमा जिल्लालाई प्रथम बनाउन खेलेको भूमिकाले एभरेष्टको गरिमा समेत बढेको बताए ।
कोशी प्रदेश पौडी संघको आयोजनामा असार १६ र १७ गते सुनसरीको इटहरी स्थित ओसियन पार्कमा सम्पन्न प्रतियोगितामा मोरङ प्रथम भएको थियो । जसमा एभरेष्ट स्कुलबाट जिल्लास्तरीय टिममा सहभागी ६ खेलाडीले मात्र ३ स्वर्णसहित १६ पदक जितेका थिए ।
एभरेष्टका तर्फबाट आरध्य पाण्डेले २ वटा स्वर्ण पदक जितेका थिए । पाण्डेले ५० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेका हुन् । यस्तै धावा तामाङले १ स्वर्ण (५० मिटर बटरफ्लाई), ४ वटा रजत, १ कास्य पदक जितेका थिए । तामाङले फ्रिस्टाईल बिधाका ५० बटरफ्लाईमा स्वर्ण, ५०, १००, ४०० र ८०० सय मिटर फ्रिस्टाईलमा रजत र २०० मिटर फ्रिस्टाईलमा रजत पदक जिते ।
यस्तै कृतक बाँस्तोलाले २ वटा रजत पदक जिते । उनले ५० र १०० मिटर ब्याकस्ट्रोकमा पदक ल्याए । एभरेष्टका ओनस प्रधानले ५० र १०० मिटर ब्याकस्ट्रोक गर २ कास्य पदक जिते ।
अर्का खेलाडी हर्षित सिंहले २०० मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक हासिल गर्दा एभरेष्टकै युवन श्रेष्ठले २५ र ५० मिटर फ्रिस्टाईलमा कास्य पदक जितेको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् ।
१४ जिल्ला सहभागि रहेको प्रतियोगितामा मोरङ प्रथम हुँदा भोजपुर दोस्रो र झापा तेस्रो भएको प्रतियोगिताका अनुगमन सुपरिवेक्षक इन्द्र राजभण्डारीले बताए । मोरङलाई प्रथम बनाउन जिग्सन तामाङले ५०,१००,२००,४०० र ८०० मिटरमा कास्य पदकको योगदान गरे भने ., डिपीएस स्कुलका भियान केडियाले ८ वर्ष मुनिको स्पर्धामा २५ र ५० मिटर फ्रिस्टाईलमा २ स्वर्ण पदक जिते। यस्तै बिकेभीएमका बिसु पराजुलीले २५, ५० मिटरमा फ्रिस्टाईलमा रजत, १०० मिटर फ्रिस्टाईलमा कास्य पदकको योगदान गरे ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले प्रतियोगिता उद्घाटन गर्दै सम्पूर्ण खेलाडीहरुलाई बधाइ दिए । प्रतियोगिताका लागि बोर्डले बजेट बिनियोजन गरेको कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बर तामाङले जानकारी दिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।