लोड हुँदैछ...

मेनु

साउन ७ सम्म इटहरी उपमहानगरको राजस्व सेवा बन्द

साउन ७ सम्म इटहरी उपमहानगरको राजस्व सेवा बन्द

इटहरी । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै इटहरी उपमहानगरपालिकाले राजस्व संकलनसम्बन्धी सम्पूर्ण सेवा एक साताका लागि अस्थायी रूपमा बन्द गरेको छ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा नयाँ आर्थिक ऐनअनुसारका व्यवस्था अद्यावधिक गर्नुपर्ने भएकाले साउन १ गतेदेखि साउन ७ गतेसम्म राजस्व सेवा स्थगित गरिएको हो।

उपमहानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयबाट सञ्चालन हुने कर, शुल्क तथा अन्य राजस्व संकलनसम्बन्धी सबै सेवा उक्त अवधिभर बन्द रहनेछन्।

उपमहानगरपालिकाका अनुसार आर्थिक ऐन, २०८३ मा भएका नयाँ व्यवस्था Sutra प्रणालीमा प्रविष्ट गर्ने प्राविधिक कार्य भइरहेका कारण सेवा अस्थायी रूपमा रोकिएको हो।

यस अवधिमा घरजग्गा कर, सम्पत्ति कर, व्यवसाय कर, सिफारिस शुल्क लगायत राजस्वसम्बन्धी कुनै पनि भुक्तानी वा सेवा उपलब्ध नहुने भएकाले सेवाग्राहीलाई आवश्यक काम समयमै व्यवस्थापन गर्न आग्रह गरिएको छ।

राजस्व सेवा बन्द हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति उपमहानगरपालिकाले क्षमायाचना गर्दै साउन ७ गतेपछि सबै राजस्व सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।