लोड हुँदैछ...

मेनु

महेन्द्र मोरङका छात्रहरूले अनिवार्य रूपमा कपाल छोटो बनाउनुपर्ने, सामाजिक सञ्जालमा बहस

महेन्द्र मोरङका छात्रहरूले अनिवार्य रूपमा कपाल छोटो बनाउनुपर्ने, सामाजिक सञ्जालमा बहस

विराटनगर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरले बिबिए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूका लागि पोशाक र अनुशासन सम्बन्धी नियममा कडाइ गरेको छ।

क्याम्पस प्रशासनले एक सूचना जारी गर्दै विद्यार्थीहरूलाई नियमित रूपमा क्याम्पसको पोशाक लगाउन र छात्रहरूलाई कपाल छोटो बनाउन निर्देशन दिएको हो। बिबिए–बिबिएम कार्यक्रमका निर्देशक मोहन कुमार श्रेष्ठद्वारा जारी सूचना अनुसार २०८३ असार १८ गतेदेखि लागू हुने गरी विद्यार्थीहरूले नियमित रूपमा क्याम्पसको पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ।

यसका साथै, सूचनामा छात्र विद्यार्थीहरूको कपालको लम्बाईका विषयमा पनि स्पष्ट निर्देशन दिइएको छ। ‘छात्र विद्यार्थीहरूको कपाल ठुलो भए कपाल काट्ने व्यहोरा सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख गरिएको छ। क्याम्पस प्रशासनले यो नियम उल्लंघन गर्ने विद्यार्थीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ। सूचनामा भनिएको छ, ‘सो नियमको पालना नगरेको खण्डमा क्याम्पस प्रशासनले आवश्यक प्रक्रिया बढाउने व्यहोरा समेत जानकारीका लागि यो सूचना गरिएको छ।’

महेन्द्र मोरङ क्याम्पसको यस कदमलाई कतिपयले विद्यार्थी अनुशासन र मर्यादित वातावरण निर्माणका लागि आवश्यक मानेका छन् भने सामाजिक सञ्जालमा कलेज तहका विद्यार्थीहरूका लागि कपालको लम्बाई सम्बन्धी नियम कत्तिको व्यावहारिक छ भन्ने विषयमा बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।