लोड हुँदैछ...

मेनु

विश्वविद्यालयमा आदर्श नेता मनमोहन अधिकारीको सम्झना

विश्वविद्यालयमा आदर्श नेता मनमोहन अधिकारीको सम्झना

विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा त्यागको संघर्षले चिनिएका पुर्वप्रधानमन्त्री मनमोहन अधिकारीको आदर्शले लोकतन्त्र अझै बलियो बनाउने भन्दै विश्वविद्यालयमा उनको सम्झना गरिएको छ ।

पुर्वप्रधानमन्त्री तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका त्यागपुर्ण संघर्षको इतिहास बोकेका स्वार्गीय नेता मनमोहन अधिकारीको आर्दशले नेपालको लोकतान्त्रिक आन्दोनलाई अझै बलियो बनाउने भन्दै मनमोहन प्राविधिक विश्विद्यालयले उनको आर्दशलाई सम्झना गरेको हो ।

सोमवार मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालयमा पुर्वप्रधानमन्त्री तथा आदर्श नेता स्वर्गीय मनमोहन अधिकारीको १०६ औ जन्मजयन्तीको अवसरमा समाजसेवी, सांसद, राजनैतिज्ञ, पदाधिकारी कर्मचारी र विद्यार्थीहरुले उनको योगदानको सम्मान गर्दैै आदर्शको सम्झना गरेका हुन् ।

विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा पुर्व सहकुलपति जिवन घिमिरेले देशमा लोकतन्त्रको उदय गराएर असल शिक्षा र सँस्कार सहित संबृद्धितर्फ लैजानमा पुर्वप्रधानमन्त्री मनमोहन अधिकारीको उल्लेखनिय योगदान रहेको बताए । उनले स्वर्गीय नेता मनमोहनको त्यागपुर्ण संघर्ष नभएको भए मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना असंभव हुनेथियो भने । कोशी प्रदेशका पुर्व समाजिक विकास मन्त्री समेत रहेका घिमिरेले भने, ‘मनमोहनकै त्याग र आर्दशले गर्दा मनमोहन शिक्षालयबाट आज प्रदेशले कानुन बनाएर देशकै पहिलो विश्वविद्यालय स्थापना गराउन सफल भएको हो ।’

कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीले पुर्वप्रधानमन्त्री मनमोहन अधिकारी कुनै एउटा पार्टीको नभएर देशका सबै नागरिकहरुका लागि अनुशासन र आदर्शको प्रेरणा भएकोले उनको आदर्श सबैले अनुकरण गर्नुपर्नमा जोड दिए ।

पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य विनोद ढकालले मनमोहन प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता रहेको र उनीहरुकै त्यागको जगले आजको संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त हुनसकेको हो भने । राजनीतिज्ञ महेश रेग्मीले स्वर्गीय मनमोहन अधिकारी आफनो त्यागपुर्ण आर्दशको कर्मले चिनिएको नेपाली राजनीतिका असल अगुवा हुन भन्दै समाजिक न्याय र शिक्षाक्षेत्रमा आफनो नेतृत्वमा उल्लेख्य काम गर्न मनमोहन सफल भएको दाबी गरे ।

१०६ औ जन्मजयन्तीको अवसरमा संरक्षण समिति सदस्यहरु सत्यनारायण चौधरी, राजन केसी, मुकेश उपाध्याय सहित विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल, रजिष्ट्रार डा. किशोर अधिकारी ., डिन डा. रेखा श्रेष्ठलगायतले स्वर्गीय मनमोहन अधिकारीको प्रतिमामा माल्यार्पण गरेका थिए । सोही अवसरमा विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेन्किका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

गोद लिन लगाएर विश्वविद्यालयमा बृक्षारोपण

मनमोहन प्राविधिक विश्वविद्यालयले रोपेका विरुवा हुर्काउन गोद लिन लगाएर बृक्षारोपण गराएको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा पुर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको १०६ औ स्मृति दिवसको अवसरमा रोपेका विरुवा हुर्काउने जिम्मेवारी बोध गराउन अतिथी, पदाधिकारी, कर्मचारीहरुलाई आ–आफनो नाममा जिम्मा लिन लगाएर सामुहिक वृक्षारोपण गराएको हो ।

विश्वविद्यालयको स्कुल अफ ईन्जिनियरिङ सकायले आयोजना गरेको उक्त्त बृक्षारोपण कार्यक्रममा अतिथी र कर्मचारीहरुले आआफनो नाममा आफुले रोप्न चाहेको विरुवा जिम्मा लिएर विभिन्न जातका करिब दुई सय विरुवा बृक्षारोपण गरेका थिए ।

डिन कार्यालयका प्रशासन प्रमुख महेश राईका अनुसार विरुवा गोद लिएर बृक्षारोपण गरेका अतिथि कर्मचारीहरुले आआफनो नामको विरुवा हुर्काउन समय समयमा मलजल भएनभएको ख्याल राख्नुपर्नेछ । हुर्किएका विरुवामा गोद लिनेहरुका ठूलोभएपछि सम्म नाम लेखर राखिनेछ । बर्षेनी बृक्षारोपण भैरहने तर रोपेका विरुवाहरु हुर्काउन चासो कम हुने भएकोले जिम्मेवारी सहितको अपनत्व बसाउन गोद लिन लगाएर विश्वविद्यालयले सामुहिक बृक्षारोपण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।