लोड हुँदैछ...

मेनु

धनकुटाको सुधार केन्द्रबाट १२ जना फरार

धनकुटाको सुधार केन्द्रबाट १२ जना फरार

धनकुटा । धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् ।

स्थानीय सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान भवनको सुरक्षा घेराको तारबेर तोडेर फरार भएको प्रहरीले जनाएको छ ।

फरार भएकाहरू लागुऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिएका व्यक्ति हुन् । सधार केन्द्रमा ३० जना रहेकामा १२ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

फरार भएकाहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । माथिल्लो तलाको भान्सा कोठाबाट फरार भएको सुधार केन्द्रका सञ्चालक उज्ज्वल खनालले बताए । विजय मल्लिकको अगुवाइमा हेरालु व्यक्तिलाई कुटपिट गरेर उनीहरू फरार भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।