धनकुटा । धनकुटामा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले धनकुटा नगरपालिका–९ खुलालटोल निवासी २३ वर्षीय विजय राईलाई एकनाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले बुधबार राईलाई भरुवा बन्दुकमा छर्रा लोड गरी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो।
प्रहरीले उनको साथबाट बरामद भएको भरुवा बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
राईविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।