लोड हुँदैछ...

मेनु

जुवाको खालमा प्रहरीको छापा, एक लाख नगदसहित १२ जना पक्राउ

जुवाको खालमा प्रहरीको छापा, एक लाख नगदसहित १२ जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवास्थित एक सेकुवा पसलमा गोप्य रूपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नगदसहित पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीमा एक लाख रुपैयाँभन्दा बढी नगद र तास बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा नगरपालिका–६ स्थित सीतल सेकुवा कर्नरमा गएराति छापा मार्दा तास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार घटनास्थलबाट नगद एक लाख एक हजार सात सय ३५ रुपैयाँ र एक बुक तास बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा इनरुवा–६ का ४७ वर्षीय जुनलक राई, इनरुवा–९ का २८ वर्षीय ताहिर साफी, इनरुवा–६ का ६० वर्षीय रामप्रसाद चौलागाईं, इनरुवा–८ का ३७ वर्षीय उमेश साह हलुवाई, इनरुवा–६ का ४७ वर्षीय विनोद बोगटी, सीतल सेकुवा कर्नरका सञ्चालक ५९ वर्षीय शुरबहादुर राउत, इनरुवा–८ का २९ वर्षीय नजावुल मियाँ र २५ वर्षीय अमिर मियाँ रहेका छन्।

यस्तै भोक्राहा नरसिंह गाउँपालिका–२ का २७ वर्षीय फारुक अन्सारी र २२ वर्षीय मफूज अन्सारी, रामधुनी नगरपालिका–९ का ३३ वर्षीय उमेश सदा तथा कोशी गाउँपालिका–१ का ३४ वर्षीय बैजनाथ यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।