लोड हुँदैछ...

मेनु

झापा, मोरङ र सुनसरीसहित तराईका जिल्लामा आज राति हावाहुरी आउने प्रक्षेपण

झापा, मोरङ र सुनसरीसहित तराईका जिल्लामा आज राति हावाहुरी आउने प्रक्षेपण

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ, झापासहित तराईका २१ जिल्लामा हावाहुरीको चेतावनी दिएको छ।

महाशाखाले फेसबुक पेजमार्फत् शुक्रबार राति तराई तथा भित्री मधेसका जिल्लामा समेत हावाहुरीको चेतावनी दिएको हो।

तराईका २१ जिल्लामा चेतावनी नै दिइएको छ । सतर्क रहन भनिएको छ। पहाडी तथा भित्री मधेसमा भने अद्यावधिक रहन भनिएको छ।

महाशाखाले सुनसरी, मोरङ, झापासहित कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलाई चेतावनी दिएको हो । ‘आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ।’ विभागले भनेको छ ।

तराई क्षेत्रका बासिन्दाले सतर्क रहनु भन्दै विभागले पहाडी क्षेत्रका बासिन्दाले मौसमबारे जानकारी लिदै गर्नु भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।