लोड हुँदैछ...

मेनु

झापामा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

झापामा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिकामा फाइबर जडान गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब २स्१० बजे शिवसताक्षी–११ स्थित सतासी खोलाको शाखा कल्बर्टमा एनसेलको फाइबर जडानका लागि जमिनमुनि खनिएको खाल्डोमा काम गरिरहेका बेला अचानक माटोको ढिस्को खस्दा सिराहाको लाहान नगरपालिका घर भएका ३५ वर्षीय रमेश कुमार यादव पुरिएका थिए ।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएका यादवलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी एम्बुलेन्स मार्फत उपचारका लागि दमक अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याए लगत्तै उपचारका क्रममा दिउँसो ३स्३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक यादव हाल शिवसताक्षी नगरपालिका–८ मा बसेर फाइबर नेटको काम गर्दै आएका थिए । मृतकको शव हाल दमक अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।