लोड हुँदैछ...

मेनु

समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदै

समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदै

काठमाडौँ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ आज देशभर विश्व वातावरण दिवस २०२६ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने योजनाअनुसार देशैभरिका सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यस वर्षको दिवस विशेष गरी प्रकृतिमैत्री विकास र जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूलाई सम्बोधन गर्न केन्द्रित रहनेछ । उनले भने, ‘वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न जनचेतना अभिवृद्धि गर्नु र विकासलाई प्रकृतिमैत्री बनाउनु आजको आवश्यकता हो । यसै सन्देशलाई आम नागरिकसम्म पुर्‍याउन हामीले विशेष कार्यक्रमहरू सञ्चालन गरेका हौँ ।

यस अवसरमा वातावरण विभागले देशभरका विभिन्न स्थानमा वृक्षारोपण, सरसफाइ अभियान, पदयात्रा र वातावरण संरक्षणसँग सम्बन्धित अन्तर्क्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जलवायु परिवर्तनको जोखिममा रहेको नेपालका लागि यस्ता दिवसहरूले नीतिगत तहदेखि समुदायसम्म सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ । नेपालले पनि हरेक वर्ष यो दिवसलाई महत्त्वका साथ मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।