विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले ‘मुक्तक दिवस’ को अवसर पारेर आगामी २०८२ सालमा प्रदान गरिने विभिन्न चारवटा प्रतिष्ठित पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलका अनुसार यी पुरस्कारहरू आगामी माघ १७ गते विराटनगरमा आयोजना हुने विशेष समारोहका बीच अर्पण गरिनेछ ।
५ सदस्यीय पुरस्कार छनोट समितिको निर्णय अनुसार नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार प्रा.डा.गोविन्दराज भट्टराईलाई र नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार डा. कौशिला रिसाललाई प्रदान गरिने भएको छ । त्यसैगरी वरिष्ठ साहित्यकार मधु पोखरेललाई छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कार र मुक्तक साधक शिव अधिकारी (इलामे जेठो) लाई माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव मदन भण्डारीले जानकारी दिए । यी पुरस्कारहरूको राशी ११ हजार देखि १५ हजार रुपैयाँसम्म रहेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।