विराटनगर । नेपाली बजारमा बहुमूल्य धातुहरूको मूल्यमा उतार–चढाव देखिएको छ। आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा व्यापार भएको सुन आज नयाँ मूल्यमा पुगेको हो ।
चाँदीको मूल्य भने सोमबार घटेको छ। सोमबार चाँदी प्रतितोला २० रुपैयाँले कम हुँदै ३ हजार ५८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। आइतबार यसको मूल्य प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँ थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।