विराटनगर । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हने गरी डिजेलको मूल्य प्रतिलिटर ३ र पेट्रोलको २ रुपैयाँ बढाउने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको २ रुपैयाँ ५४ पैसा र डिजेलको ५ रुपैयाँ ५३ पैसा मूल्य बढेर आएको निगमको भनाइ छ । तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर बढेकोबाट केही मूल्य मात्रै समायोजन गरिएको निगमले जनाएको छ । मूल्य बढेसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १६१ रुपैयाँ पुगेको छ भने डिजेलको १४७ रुपैयाँ पुगेको छ ।

