बिराटनगर। बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ ।
यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो ।
अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँमा रहेको चाँदी बिहीबार २० रुपैयाँले वृद्धि भई ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

