आज कतिमा हुँदै छ सुनको कारोबार ?

काठमाडौं । सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर दुई हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

कार्तिक १२, २०८२, बिहानको ११:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर