लोड हुँदैछ...

मेनु

पोखरामा शृङ्खलाबद्ध चोरी गर्ने पक्राउ

पोखरामा शृङ्खलाबद्ध चोरी गर्ने पक्राउ

पोखरा . पोखराका विभिन्न स्थानमा शृङ्खलाबद्ध चोरी गर्दै आएको एक गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई चिनियाँ र दुई भारतीय नागरिकसहित ९ जना रहेका छन् ।

प्रहरीका अनुसार यो गिरोहले मध्यरात र बिहानको सुनसान समयमा घरका ढोका फोरेर सुनका गहना, नगद र इलेक्ट्रोनिक्स सामान चोरी गर्ने गरेको थियो । पक्राउ पर्ने विदेशीहरूमा भारतका राहुल निषाद र सोमनाथ हनुमंत जाधव तथा चीनका वेन जिए र वाङ लियानयिन छन् । उनीहरूलाई चोरीमा सहयोग गर्ने ५ जना नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो गिरोहले पोखराका वडा नं. १८, १७, ८ र ६ का विभिन्न घरहरूबाट लाखौँको धनमाल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, १ थान ल्यापटप, स्मार्ट घडी र सुनको ब्रासलेट बरामद गरेको छ ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पक्राउ परेका सबैमाथि जिल्ला अदालतबाट म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी कसूरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।