‘खबरदारी गर्नैपर्छ’

जनता कहिल्यै अशान्ति चहादैनन्,
उनीहरू जहिल्यै शान्ति चाहन्छन्,
राज्य नै योजनाबद्ध रूपमा दलालिमा फसेपछि,
माफियागिरी गर्नेहरुसँग लगनगाँठो कसेपछि
स्वाभिमानी जनताले खबरदारी गर्नैपर्छ

जनता कहिल्यै अपमान चाहदैनन्,
उनीहरू जहिल्यै स्वाभिमान चाहन्छन्,
राज्यले नै संस्कार र संस्कृती मास्न थालेपछि,
पर्यावरण असन्तुलित हुनेगरी, कदम चालेपछि,
स्वाभिमानी जनताले खबरदारी गर्नैपर्छ,

जनता कहिल्यै आस्थाको व्यापार गर्दैनन्,
उनीहरू जहिल्यै आस्थाको पवित्रता चाहन्छन्,
राज्य नै कमिशनको चक्करमा डुबेपछि,
दलालहरूको लिलामीमा परेर कर्तव्य भुलेपछि,
स्वाभिमानी जनताले खबरदारी गर्नैपर्छ

जनता कहिल्यै आधुनिकताको सहारा लिएर,
आस्थाको महत्व घटाउन चाहदैनन्,
उनीहरु जहिल्यै, पवित्र भूमिको महत्व,
युगयुगसम्म बचाउन चाहन्छन्,
राज्य नै अहंकारले फुलेर
जनतालाई कुल्चन खोजेपछि,
माफियाहरुको दानापानी खाएर,
निरंकुश बाटो रोजेपछि,
स्वाभिमानी जनताले निरंकुशताको खबरदारी गर्नैपर्छ ।

बिहिबार, १७ माघ, २०८१, रातीको ०८:२८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर