नेप्सेमा बुधबार झिनो अंकको सुधार

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक बुधबार झिनो अंकको सुधार देखिएको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा झरेको छ ।

३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।

बुधबार, १२ बैशाख, २०८१, दिउँसोको ०३:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर