काठमाडौँ । नेप्से परिसूचक बुधवार २०.६७ अंकले बढेको छ। २ सय ९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता शेयर ४३ हजार ५८३ पटक खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ।
बुधवार एक अर्ब आठ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
दिनभरको कारोबारमा नेप्से १८५०.३३ अङ्कमा पुगेर बन्द भएको छ । सबै समूहको उपसूचक बढ्दा म्युचुअल समूहको उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।
होटेल तथा पर्यटन समूहको सबैभन्दा धेरै बढेको छ ।
सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ८.१५ प्रतिशतले घटदा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १० करोड ७६ लाख तीन हजार ९८३ रुपैयाँ बराबरको कारोबार भएको थियो।