हत्यामा संलग्न भएको आरोपमा दुई बालक पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका ५ सेउती खोला बगरमा मृत फेला परेका धरान ११ का ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अबस्थामा मृत फेला परेका थिए ।

उनको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा हत्यामा धरान १५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाएसँगै दुबै जनालाई पक्राउ गरिएको र उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

मङ्गलबार, १७ जेठ, २०७९, बिहानको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर