६ विदेशी र चालक दलसहित १६ नेपाली बोकेर उडेको तारा एयरको विमान सम्पर्कविहीन

विराटनगर । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

९:५५ मा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य लिएर उडेको विमान १०: ०७ देखि सम्पर्कविहीन भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

विमानमा चालक दलका ३ सदस्यका अलावा ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

उनका अनुसार अन्तिमपटक घोडेपानी क्षेत्रबाट सम्पर्क स्थापित भएको थियो । त्यसयता विमान सम्पर्कविहीन छ ।

आइतबार, १५ जेठ, २०७९, बिहानको ११:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर