सात महिनामा ६१ करोड राजस्व असुली

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको सात महिनामा ६१ करोड बढी राजस्व असुली गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि फागनु २९ गतेसम्म ६१ करोड ९१ लाख ६ हजार १ सय १७ रूपैयाँ राजस्व असुली गरेको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७७÷०७८ मा मालपोत कार्यालय विराटनगरले १ अर्ब २४ करोड राजस्व उठाएको थियो । आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व असुली गर्न नसकिएको उनले बताए । कित्ताकाटमा तरलताको संकट र अस्थीरताले लक्ष्य अनुसार चालु आर्थिक वर्षमा राजस्व संकलन गर्न नसकिएको उनको भनाई छ ।

मालपोत कार्यालय विराटनगरले लिखित पारितको शतवार्षिकीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । बुधबार विहान कार्यालय परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललगायतका कर्मचारीहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै मालपोत कार्यालय प्रमुख भण्डारीले आफु आएपछि कार्यालयको भौतिक पूर्वाधार सुधार गरि सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रदान गरेको दाबी गरेका छन् । उनले चाँडै सेवाग्राहीहरूको सहजताको लागि मालपोतमा एकीकृत सेवा प्रणाली लागू गर्ने तयारी गरेको जानकारी दिए ।

मालपोत कार्यालय विराटनगरले महानगरपालिकासहित मोरङको बुढीगंगा, ग्रामथान, कटहरी र जहदा गाउँपालिका गरि ६ वटा स्थानिय तहमा सेवा प्रभाह गर्दै आएको छ ।

बुधबार, ३० चैत, २०७८, साँझको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर