मेलम्चीको पानी आजदेखि सुरुङमा पानी पठाइने

काठमाडौं । मेलम्चीको पानी आजदेखि सुरुङमा  पठाइने भएको छ ।

मेलम्ची खानेपानी विकास सिनियर डिभिजन ईन्जिनियर पदमहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन लागिएको जानकारी दिए ।

केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए । आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने तयारी गरेका छन् ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । तर काठमाडौँमा पानी आउन अझै दुई साता लाग्ने ईन्जिनियर कुँवरले बताए ।

चैत्र २९, २०७८, बिहानको ०९:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर