विराटनगर । मोरङको बुढीगङ्गामा २० वर्षदेखि सञ्चालनमा रहेको आरती स्ट्रिप्स प्रा. लि.ले गुणस्तरीय ग्यालभोलुम कर्कट जस्तापाता उत्पादन गरी बजारमा लगेको छ । आलमुनियम, जिन्क एवं सिलकनको समिश्रणबाट निर्माण भएको जस्तापाता अन्को तुलनामा चार गुणाबढी बलियो रहेको कम्पनीले दाबी गरेको छ ।

कम्पनीले उत्पादन गरेको सादा तथा रङ्गिन जस्ता पाता ठूला कम्पनी, कलकारखाना तथा घरहरु सजाउनका लागि उपयोगी रहेको र यो निर्यातमूलकसमेत रहेको कम्पनीले जनाएको छ । गत जनवरीबाट सुरु भएको कम्पनीको नयाँ उत्पादन भारत र दुबईमा निर्यात हुन थालेको छ ।

यसैगरी कम्पनीले मोरङको टंकीसिनुवारी स्थित उद्योग परिसरमै नयाँ प्लान्ट स्थापना गरी सि आर सिट्स एवम् क्यायलको उत्पादन समेत गर्न थालेको जनाएको छ । जस्तापाता उत्पादनका लागि सिआरसिट्सको उत्पादन यहीं हुनथालेपछि कच्चा पदार्थको आयातसमेत घटेको छ ।

कम्पनीले दुबै प्लान्ट २५० करोड रुपैयाँको लगानीमा स्थापना गरेको जानकारी दिएको छ । कम्पनीले वर्षमा ग्याल्भोलुम कर्कटपाता १ लाख ३० हजार टन र सिआरएम सिट्स २ लाख टन उत्पादन गर्ने जानकारी दिएको छ । उद्योगमा लगभग १२०० भन्दा पढि कर्मचारी तथा कामदारहरु कार्यरत छन् ।

आरती नेपालकै ठूलो रङ्गिन तथा सादा कर्कटपाता उत्पादन गर्ने कम्पनी हो । आरतीले वार्षिक २ लाख मेट्रिक छन फलामे डण्डीसमेत उत्पादन गरिरहेको कम्पनीले फलामे पाइप आदि वस्तु पनि उत्पादन गर्दै आएको छ ।