काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य एसियाली पाँच देशका विदेशमन्त्रीसँग छलफल गरेका छन् ।
उनले हिजो कजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका विदेश मन्त्रीसँग छलफल गरेका हुन् ।
छलफलमा मोदीले दिगो र स्थायी सम्बन्धमा जोड दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
साथै उनले भारत र मध्य एसियाबीचको आर्थिक सहयोगको सम्भावना र कनेक्टिभिटीको भूमिकालाई पनि जोड दिए ।
भेटमा पाँच देशका विदेशमन्त्रीले भारतसँगको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।