चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिति

एजेन्सी । चीनमा कति सुन छ होला ? चीन जस्तो धनि मुलुक, त्यसमा पनि कैयौं खानीहरु रहेको देशमा कति सुन छ भन्ने चासो सबैलाई हुनसक्छ ।

केन्द्रीय बैंकका अनुसार चीनको सुन सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन पुगेको छ ।

यो सञ्चिति विगत २० महिनादेखि फेरबदल भएको छैन । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।

सोमबार, ३१ जेठ, २०७८, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर