विराटनगर । विराटनगर ९ मा रहेको एम्स कलेजले बि.एच.एम. मा भर्ना भएका नयाँ विद्यार्थी लक्षित ग्रिटिङ फेस्टिभलको आयोजना गरेको छ । नयाँ विद्यार्थीलाई दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा ३३ जना सहभागि रहेका थिए ।
२०७५ सालमा त्रि.वि.वि.बाट सम्बन्धन प्राप्त गरि सञ्चालनमा आएको एम्स कलेजको बि.एच.एम.कार्यक्रम एक नमुना कार्यक्रम रहेको कलेजले जनाएको छ । विश्वविद्यालयले तोकेको सम्पूर्ण कोटा पुरा गरि कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख सि.एम.बस्नेतले बताउनुभयो । यसै वर्षदेखि एम्स कलेज एभरेष्ट एजुकेसन फाउण्डेसनको व्यवस्थापनबाट सञ्चालनमा छ ।
भौतिक पूर्वधारले भरिपूर्ण पारेर विद्यार्थीको शैक्षिक विकासका लागि कुनै कसर बाँकी नराख्ने र प्रभाबकारी सिकिाईका लागि शिप, संस्कार र प्रविधिलाई आत्मसाथ गर्ने कलेजका प्रबन्ध निर्देशक टिकाराम पुरीले बताउनुभएको छ । कलेजभित्रै यथेष्ठ प्रयोगात्मक ल्याब भएको तथा आफ्नै तीन तारे होटल र कलेज परिसरभित्रै १ करोड ५० लाखको लगानीमा बेकरी तथा कफि हाउसको निर्माण हुँदै गरेकोले विद्यार्थीलाई रोजगारीसमेत दिने उहाँको भनाइ छ ।
कलेजका अध्यक्ष्य तुलसीप्रसाद पोखरेलका अनुसार एम्स कलेजमा त्रि.वि.वि बाट सम्बन्धन प्राप्त बि.बि.एस, बि.एच.एम र बि.एस.सि.सि.एस.आइटी कार्यक्रम सञ्चालनमा छ । कलेजका नवआगन्तुक विद्यार्थी तेस्रो ब्याचका हुन् ।