लोड हुँदैछ...

मेनु

पेट्रोलियम पदार्थको मूल्यमा घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो परिमाणले कटौती गरेको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार बिहान बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर २६५ ले मूल्य घटाइएको छ । आम उपभोक्तालाई राहत दिने गरी निगमले खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाएको छ ।

मूल्य समायोजनसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य अब पहिलो वर्ग चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी मा १९४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै, दोस्रो वर्ग ९सुर्खेत र दाङ० मा १९६ रुपैयाँ र तेस्रो वर्ग काठमाडौं, पोखरा र दिपायल मा १९७ रुपैयाँ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले सोही अनुसार नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।