लोड हुँदैछ...

मेनु

यी हुन्, रास्वपा केन्द्रीय समितिका ३८४ उम्मेदवार, मतदान साँझ ७ः३० बजेबाट

यी हुन्, रास्वपा केन्द्रीय समितिका ३८४ उम्मेदवार, मतदान साँझ ७ः३० बजेबाट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।

रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। तीमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनयन गर्ने व्यवस्था छ। साथै सातै प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा स्वतः केन्द्रीय समितिमा रहनेछन्।

प्रारम्भिक नामावली सार्वजनिक भएसँगै दाबी–विरोध तथा उजुरीका लागि समय तोकिएको छ। निर्वाचन आयोगले साँझ ५ बजेसम्म दाबी–विरोध लिनेदेखि छानबिन गरी साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ।

केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि ८ पदाधिकारी चयनका लागि मतदान हुनेछ। सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

चितवनमा जारी महाधिवेशनमा बुधबार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि प्रतिनिधि संख्यालगायत केही प्राविधिक समस्या देखिएकाले मतदान निर्धारित समयमा हुन सकेन। रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य पदका लागि मतदान साँझ ७ः३० बजेदेखि सुरु हुने जानकारी दिएका छन्।

गत असार ७ गतेदेखि सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय गरिएको भएपनि निर्वाचन प्रक्रिया लम्बिँदा महाधिवेशनको अवधि समेत थपिएको छ। प्रवक्ता झाले दोस्रो चरणको मतदान बिहीबार बिहान ९ बजेदेखि सञ्चालन हुने संभावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।