शनिबार, कार्तिक २२, २०८२
☁️ 14°C Scattered Clouds
मिति रूपान्तरण प्रिटी - यूनिकोड रूपान्तरण
अनुसरण गर्नुहोस्
Hamromat
    • गृहपृष्ठ
    • मुख्य समाचार
    • समाचार
    • राजनीति
    • विचार/अन्तरवार्ता
    • खेलकुद
    • कला/मनोरन्जन
    • प्रदेश
      • कोशी
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्तम्भ
      • हाम्रो सरकार
      • हाम्रो शिक्षा
      • हाम्रो कृषि / पर्यटन
      • हाम्रो स्वास्थ्य
मदन पुरस्कार ‘महारानी’ लाई, जगदम्बा श्री ठटाललाई

मदन पुरस्कार ‘महारानी’ लाई, जगदम्बा श्री ठटाललाई

हाम्रोमत
हाम्रोमत अशोज ४, २०७७
1 min read

विराटनगर । मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो । मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए । तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति पनि मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए ।

यसैगरी सभाले गत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पु¥याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ । । विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो । विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो । वि.सं २०१३ मा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ लाई पुरस्कार प्रदान गरेको थियो ।

यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो । रासस

 

हाम्रोमत
Written by

हाम्रोमत

View Articles

प्रतिक्रिया दिनुहोस्

रद्द गर्नुहोस्

सम्बन्धित खवर

कोरोना संकट : लथालिङ्गे सरकारको भताभुङ्गे चाला

हाम्रोमत
हाम्रोमत बैशाख १०, २०७८
कोरोना संकट : लथालिङ्गे सरकारको भताभुङ्गे चाला

विराटनगरमा ३० लाख लगानीमा ‘केश युनिसेक्स सैलुन’ सञ्चालन

हाम्रोमत
हाम्रोमत मंसिर २२, २०७८
विराटनगरमा ३० लाख लगानीमा ‘केश युनिसेक्स सैलुन’ सञ्चालन

इप्रका रानीमा प्रहरीको ज्यादती, काम गर्ने श्रमिकमाथि निर्घात कुटपिट

हाम्रोमत
हाम्रोमत साउन २, २०८२
इप्रका रानीमा प्रहरीको ज्यादती, काम गर्ने श्रमिकमाथि निर्घात कुटपिट

.com

सूचना विभाग दर्ता नं. २८०९–२०७८/७९
प्रेस काउन्सिल नेपाल सुचीकरण :  ९५–२०७८/७९
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

सम्पर्क :
प्रसवि मिडिया प्रा.लि.
विराटनगर–९, काेशी प्रदेश, मोरङ
फोन नं. :
०२१–५१२७९०

कम्पनी दर्ता नं. २६६१६६/२०७८–७९
पान नं. ६१००३८५८३

सम्पादक : शशिधर पराजुली

प्रधान  सम्पादक/निर्देशक : विवेक गौतम

डेस्क सम्पादक : उत्तम उपाध्याय

व्यवस्थापक : प्रेम पुरी

अध्यक्ष :  प्रभात घिमिरे

ईमेल: prasabimedia@gmail.com,          hamromat@gmail.com

 

  • Privacy Policy
  • Contact us
Hamromat
© २०२५ Hamromat. All Rights Reserved.
Powered by teknologia.studio