जापानमा आँधीबाट प्रभावित ११ लाख व्यक्ति स्थानान्तरण गरिँदै

टोकियो । जापानमा आँधी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई अन्यत्र सार्न निर्देशन दिइएको छ ।

देशको दक्षिणपश्चिमी क्षेत्रका ११ लाखभन्दा बढी स्थानीय बासिन्दालाई तत्काल अन्य स्थानमा सार्न सोमबार निर्देशन दिइएको हो ।

उनीहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोशिमामा सार्न सिफारिस गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा गत आइतबार राति आएको हाइशेन नामक विशाल आँधीले जापानको दक्षिणपश्चिमी क्षेत्रका क्युशुलगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ ।

आँधीका कारण अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको र पाँच लाख घरपरिवार प्रभावित भएका छन् । उनीहरुको घरमा अहिले विद्युत, सञ्चारलगायतका सेवामा समस्या उत्पन्न भएको जनाइएको छ ।

सोमबार, २२ भदौ, २०७७, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर