न्यूरोको आकस्मिक सेवा सञ्चालन

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टि स्पेशियालिटी हस्पिटलको आकिस्मक सेवा बिहीबार रातिदेखि पुनः सञ्चालनमा आएको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि बन्द भएको हस्पिटलको आकस्मिक सेवा पूर्ण रूपमा सेनिटाइज गरेपछि सञ्चालनमा आएको हो ।

अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत सेवाग्राहीको कोरोना जाँच गराई अस्पतला पूर्ण रूपमा सेनिटाइज गरेपछि सञ्चालनमा ल्याएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत एक चिकित्सकमा कोरोना देखिएपछि शनिबारबाट अस्पताल शिल गरिएको थियो ।

अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत विरामीगरी गरि ३ सयभन्दा बढीको कोरोना परिक्षण गरिएको छ । संक्रमित देखिएकाहरु आइसोलेशनमा र नेगेटिभ रिपोर्ट आएका अस्पतालमा रहेर इमरजेन्सी सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

न्यूरो अस्पतालमा कार्यरत ५ स्टाफ नर्स, १ डाक्टर र १ विरामीको कुरुवालाई कोरोना संक्रमण देखिएको छ । संक्रमित नर्र्स अस्पतालकै आइसोलेशनमा छन् ।

शुक्रबार, २३ साउन, २०७७, बिहानको ११:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर