घुँगी खोज्न गएका पुरुषको डुबेर मृत्यु

इटहरा । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० मा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

रतुवामाई–१० का अमर श्रेष्ठको घरमा काम गर्दै आएका ४० वर्षे सोम सतारको मंगलबार स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले पानी बगिरहेको पैनीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको जानकारी दिनुभयो । रायमाझीका अनुसार सतार सोमबार दिउँसो घुँगी खोज्न भन्दै घरबाट निस्किएका थिए ।

ढिलोसम्म पनि घर नफर्केपछि खोजी गर्दा मंगलबार उनको शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव पानीमा डुबेको अवस्थामा भेटिएको हो ।

बुधबार, २१ साउन, २०७७, बिहानको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर