स्वास्थ्य सामग्री हस्तान्तरण

सावधानी अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह

विराटनगर । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सोमबार प्रदेश १ का सबै जिल्ला नगर उद्योग वाणिज्य संघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

दुवै संस्थाहरुले संयुक्तरुपमा दुई हजार थान मास्क, २४ बोतल स्यानीटाइजर र थप पाँच लिटरको एक जार स्यानीटाइजर झोल सहयोग स्वरुप उपलब्ध गराएको हो ।

सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी कोरोना भाइरस (कोभिड १९) को उपचार पद्दतिको विकास भइनसकेको अवस्थामा संक्रमणबाट बच्न पर्याप्त सावधानी अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ ।

सरकारले निर्दिष्ट गरेको सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने, सावुन पानीले हात धुने तथा स्यानीटाइजरको नियमित प्रयोग गर्ने जस्ता उपाहरु अवलम्वन गरी संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न पनि आव्हान गरिएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पछिल्लो समयमा संक्रमण वढ्न सक्ने उच्च जोखिमलाई दृष्टिगत गर्दै दुवै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा प्रदेश नं १ भरिका सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई स्वास्थ्य सामग्री उपलव्ध गराएको वताउनु भयो ।

दुवै संस्थाले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री मन्त्री लालबाबु पण्डितले ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलाई मेची पहाडी जिल्लाको सामग्री हस्तान्तरण गर्नुभएको हो । अन्यत्रको सामग्री सम्वन्धित शाखामा पुग्ने गरी उपलव्ध गराइने बताइएको छ ।

सोमबार, १२ साउन, २०७७, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर