एजेन्सी । न्युयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयोर्क शहरमा एक सातादेखि लगाईएको निषेधाज्ञा हटाईएको घोषणा गरेका छन ।
मेयर ब्लासियोले आफ्नो टवीटर मार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका हुन । मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा रहेका एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि उग्र रुप लिएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाईएको थियो । अराजक र उग्र भिडले तोडफोड, आगजनी र लुटपाट समेत गरेपछि ७५ वर्षको इतिहासमा पहिलो पटक न्यूयोर्कमा निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोना भाईरसको महामारीका कारण झण्डै २ महिना लकडाउन गरिएको न्यूयोर्क शहरमा आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउन सोमबारदेखि लकडाउन खुकुलो बनाईएको छ । पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु सञ्चालन हुने गरि लकडाउन खुकुलो बनाईएको छ । त्यसैगरि खुद्रा पसलहरुलाई भने मानिसको भिडभाड नहुने शर्तमा खुल्ला गर्न दिईएको छ ।
अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा भने कोरोना भाईरसका कारण २१ हजारभन्दा बढी व्यक्तिहरुको ज्यान गएको थियो ।