लोड हुँदैछ...

मेनु

कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त भएका छन् ।

कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उनीहरुलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराईलाई नियुक्त गरेको छ । प्रेस रजिस्ट्रार सिफारिस समितिको सिफारिसका आधारमा भट्टराई नियुक्त भएका हुन् । रजिस्ट्रार पदका लागि ९ जनाले आवेदन दिएका मध्ये ७ जना अन्तरबार्तामा सहभागी भएका थिए । अन्तरवार्तामा भट्टराई सहित गोपाल काफ्ले, देवेन्द्र कार्की, बन्धु पोखरेल, नेत्रप्रसाद अधिकारी, अमृत बाँस्तोला र प्रभासचन्द्र झा सहभागी थिए ।

मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका ७ सदस्यहरू पनि नियुक्त गरि प्रतिष्ठानलाई पूर्णता दिएको छ । सदस्यहरूमा शान्ति दाहाल (मोरङ), ध्रुव ढकाल (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल (झापा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर) छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्राालय सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष पदेन गरि ११ सदस्य हुने व्यवस्था छ । प्रतिष्ठानले मुख्यगरि कोशी प्रदेशमा सञ्चालन हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमको दर्ता, नवीकरण, अनुगमन तथा अभिलेखिकरण, सञ्चार माध्यमको विकास र प्रवर्द्धन तथा कोशी प्रदेशका पत्रकार र प्रदेश भित्रका सञ्चार माध्यमका रहेका जनशक्तिको हित वृद्धि गर्ने काम गर्ने ऐनमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds