लोड हुँदैछ...

मेनु

ब्राउनसुगरसहित दुई जना पक्राउ

ब्राउनसुगरसहित दुई जना पक्राउ

धरान । सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७.४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति छापा मारेर मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र २५ वर्षीय इमदाद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट १०७.४५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।

बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी घटनाको स्रोत, संलग्न अन्य व्यक्तिहरू र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds