भारतीय अभिनेता इरफानको निधन

एजेन्सी । अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएका बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ ।

खानलाई हिजो मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । उनको मंगलबार नै निधन भएको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।

गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन । गत वर्ष खानको स्वास्थ्यमा समस्या आएपछि लन्डनमा उपचार गराएर फर्केका थिए । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको नियमित निगरानीमा थिए ।

खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभारलगायत फिल्ममा अभिनय गरेका छन् ।

बुधबार, १७ बैशाख, २०७७, दिउँसोको ०१:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर