नयाँ वर्षसँग प्रश्न

चिन्दै नचिनेको आतंक प्रारम्भ गरेर
बिदा हुन लागेको २०७६ !
अनि नयाँ आतंकको स्वागतको खातिर,
मन्द मुस्कानमा खडा ओ २०७७ !
तिमीलाई थाहा यस पटक,
मलाइ सबैभन्दा धेरै डर केसँग छ ?
तिमीलाई स्वागत गर्ने आफ्नै हातहरुसँग ।

मेरो निधार !
नाक, कान अनि आँखा !
घाँटी र मुहार जम्मै एकै स्वरमा कराउँदैछन्,
खबरदार हात धेरै नचल !
हाम्रो समिप देखा नपर ।

ओ मेरा प्रिय वर्षहरु !
स्टेफन हकिङ्सको हातका,
धोरै औंलाहरुका कथाले
क्रुर पूँजीवाद ललकारेको बर्तमानमा,
हातहरु नै नचल्ने उपहार सुम्पेपछि,
उफ्फ !
तिम्रो बिदाइ कस्को अन्त्यमा गरौं ?
तिम्रो स्वागत कस्को चिहानमाथि उभिएर गरौं !!??

आइतबार, ३० चैत, २०७६, साँझको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर