यो वर्ष सिरुवा मेला नलाग्ने

विराटनगर । थारु समुदायले परापुर्वकालदेखी मनाउँदै आइरहेको सिरुवा मेला यो वर्ष नलाग्ने भएको छ ।

विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमका कारण ग्रामथानहरूमा लाग्ने सिरुवा मेला नलाग्ने भएको हो ।

सुनसरी, झापा, मोरङ, सप्तरी, उदयपुर, लगायत जिल्लाहरूमा लाग्ने सिरुवा मेला नलगाउन स्थानीय तहहरूले सूचना जारी गरिसकेका छन् ।
लक डाउनलाई पूर्ण रूपमा पालना गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस वर्षका सबै सिरुवा मेला नलाग्ने थारु कल्याणकारीणी सभाका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

थारुको ग्रामथानहरूमामा वैशाखभरी धूमधाम साथ मेला लाग्ने गरेको थियो । वैशाख ८ गते सुनसरी जिल्लामा जब्दी महारानी मन्दिर पलकीमा भव्य रूपमा मेला लाग्ने गर्दथ्यो । वैशाख १ गते थारु समुदाय, मैथिली तथा मधेसी समुदायले भव्य रूपमा आआफ्नो तरिकाले जुडशितल पर्व पनि मनाउने गर्दछन ।

पूर्वी नेपालका कोच समुदायलाई पनि सिरुवा पर्व नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाले अपिल गरेको छ । प्रतिष्ठानले आइतबार अपिल प्रकाशित गरि विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै जोखिम मोलेर संस्कार संस्कृति नगर्न प्रतिष्ठानले सचेत गराएको हो ।

प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले सिरुवा मनाउन खोज्दा त्यसबाट आफू, आफ्नो परिवार, समाज, देश र विश्वलाई पर्न सक्ने असरप्रति सजग बन्न आग्रह गर्नुभएको छ । झापा, मोरङलगायत जिल्लाका विभिन्न स्थानमा सिरुवा साँस्कृतिक कार्यक्रमसमेत आयोजना हुने गरेका थिए ।

आइतबार, ३० चैत, २०७६, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर