कोभिड-१९ उपचार केन्द्रलाई व्यापार संघको सहयोग

विराटनगर । विराटनगरस्थित विराट व्यापार संघले मोरङ्ग प्रहरी र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागी मास्क, पन्जा र हेयर एप्रोन लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

कोरोना भाईरस सङक्रमणको जोखिमका बाबजुद पनि अहोरात्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मागलाई मध्यनजर गर्दै संघले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । संघले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रमुख विश्व अधिकारीलाई २ हजार थान मास्क र १ हजार थान पन्जा वितरण गरेको थियो ।

त्यस्तै संघले कोभिड–१९ उपचार केन्द्रका लागी भने कोशी अस्पतालकी मेसु सङगीता मिश्रालाई ३ सय थान हेड एप्रोन र १ हजार थान मास्क वितरण गरेको थियो । आगामी दिनहरुमा पनि आवश्यकता अनुसार यस्ता सामाग्रीहरु हस्तान्तरण गरिने विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताउनुभयो ।

विराट व्यापार संघले भने यसअघि पनि विराटनगरमा खटिएका सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा गएर आधारभुत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरिसकेको छ ।

शनिबार, २९ चैत, २०७६, रातीको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर