प्रिय मानिसहरू

मायाँ र मायालु यादहरू
यसबेला हामी टाढा टाढा छौंं
तर, मनहरू पलपल नजिकिएका छन्
समय, भोग र जीवन फरक प्रकारको छ ।
तर,
बिप्पत्ति मन र पस् उस्तै उस्तै छ
मलाई थाहा छ,
संकटहरू थपिएका छन्
आषाहरू कमजोर भएका छन्
सपनाहरू तरंगीत भएका छन्
यो पनि सत्य हो
जीवन निरस बनेको छ ।

समय मनभरी साँझ
बोकेर आएको छ
तर,
मलाई बिश्वास छ
सबै सफलताहरू
संकटका प्रतिफल हुन्
सबै संकटहरू
जीवन निर्माणका
पूर्वाधारहरू हुन्
समय सधैलाई
कोल्टो पर्दैन
सधैंसधैं जीवनमा
साँझ मात्र पर्दैन
मानिसमाथि
आकाश झर्दैन
मलाई आशा छ
यो ठूलो बिपत्तिमा
साना साना पीडाहरू
किनार लाग्नेछन्
हामी संयम् र विवेकशिल बनेर
जीवनको लडाई जित्नुछ ।
जीवनको लडाई जितेको मान्छे
बाटोको अन्योलतामा हार्दैन
समयको कालचक्र टेकेको मान्छे
भोगको यात्रामा मर्दैन
प्रिय मनहरू
हामी सबै सबै लडाईहरू जितेर
कुनै साँझको डिनर

बिहानी ब्रेक फास्ट
सँगैसँगै गरौंला
पलपल भगवानसँग आरधना ।
हामीमाथि आशीर्वादका हात राख
हामी तिम्रो प्राथाना र भक्तिमा
जीवनका सबै प्रभातहरू
ब्यातित गर्नेछौं ।

शुक्रबार, २८ चैत, २०७६, रातीको ०९:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर