विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १८ ले आधारभुत स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
हाल विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सङक्रमणबाट आफना वडाबासीहरुलाई जोगाउन वडाले स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो । वडाले मङ्गलबार स्थानीयहरुलाई २ हजार थान साबुन, २ हजार थान मास्क र ३ हजार ५ सय प्रति जनचेतनामुलक पम्पलेट वितरण गरेको थियो । विराटनगर–१८ स्थित भेडियारी, खोक्साहा र नावघाट लगायतका क्षेत्रहरुमा स्वास्थ्यका सामाग्रीहरु वितरण गरिएको कार्यबाहक वडाध्यक्ष राजदेव यादवले बताउनुभयो । उहाँले बालबालिका र वृद्धवृद्धाहरुमा कोरोना भाईरसको सङक्रमणको जोखिम उच्च रहेकाले उनीहरुलाई बिशेष रुपमा सचेत गराईएको जानकारी दिनुभयो ।
त्यस्तै लकडाउनको समयमा वडाबासीहरुलाई कुनै प्रकारको समस्या हुन नदिन वडा कार्यालय प्रतिबद्ध भएर लागी परेको जनाईएको छ ।