समकालिन जीवन व्यवहार– १

आजभोलि पत्रपत्रिका, रेडियो कार्यक्रम र पुस्तक आकार लिएका शव्दचाङहरुमा छरिएका बिगतको बखान प्रायःजसो गौरब गरिएका हुन्छन । मानिस आफूलाई कोहि पनि कमजोर नभएको तर विशेष क्षमता भएको प्रमाणित समूहमा बसोबास गर्नुभन्दा अगावैदेखि नै गरिरहेको छ । मानवशास्त्रको आधारभुत ज्ञानले यसो भन्छ र यसको निरन्तरता शायद सभ्यताको अन्त्यसगै हुनेछ । गल्ति हुदैन होला, सृष्टिको अस्तित्वमा रहेका र नरहेका भनि स्वीकारिएका सबै बलिया, क्षमतावान् एवम् नासवान हुन् ।

बितिसकेका दिनहरुको समिक्षा गर्न अनेकन कोशिस गर्नेहरु बेसमारी पाइन्छन् । यही क्रममा मेरा साथीहरु समयभित्र कैद भेट्टिदैंगए । केहि साथीहरु सम्पत्ती सबलिकरण भएर नयाँ मध्यम वर्गमा दर्ज गराउन सफल भएका रहेछन् र केही चै समाजमा केहि गर्न नसक्ने तर कहलिएका पनि रहेछन् । पहिलो समूहकाहरु धेरै राजनीतिमा संलग्न, घरजग्गा कारोवारी, गैरसरकारी संस्था सञ्चालक, सरकारी पदमा विराजमान, पैत्रिक सम्पतिको व्यवस्थापकहरु थिए । यही तप्काको शहरमा हस्पिटल, स्कूल कलेज, सहकारी, बैंक र व्यवसायिक निवेशमा पकड रहेछ र सभासद पनि भएका रहेछन् ।

दोस्रो समूहमा साथीहरु सानो सञ्जालभित्र सृजनात्मक उन्नयनको क्षेत्र कला साधना, नाटक, पत्रकारिता र साहित्य सेवामा दुःखका साथ सुखी रहेर भविष्यका पिँढीका लागि प्रेरणादायी कार्य गरिरहेका भेट्टाएँ । यद्यपी प्रेरणा ग्रहण गर्ने पारम्परिक सदासयता अब हाम्रो समाजमा भिरालो हुँदै गएको यथार्थ पनि सामाजिक सुचकांक र तथ्याङ्हरुमा लिन एक हर फनमौेलाले ब्लगमा पोख्न भ्याएको भेट्टाएँ ।

केही साथीहरु कल्पित भविष्यको मिठो सपना बोकेर घरजेथा दलालको नाममा बुढी औंलाले थिचेर खाडीं मुलुकमा पहिचान गुमाएर सामथ्र्य आजमाइरहेकाहरुको अनुहार र परिचय मानसपटलमा मेटिएकोमा मैले दुखित हुनुको अर्थ असान्दर्भिक हुँदोछ । कथामा कछुवाले रेस जितेको पढेर कछुवाको जितमा ढुक्क भइ बधाई दिन पुरस्कार वितरण स्थलमा पुग्ने समुहको न्वारन ‘सकारात्मक सोच्नेहरु’ जुरेको पाए । परिवर्तनको कल्पना गरेर आदर्श समाजको अपेक्षा गर्ने यथास्थिति पुजक कर्मकाण्डीहरु एक्टिभिष्ट कहलिँदा रहेछन् । प्रियजनबाहेकले खतरा मोल्नुपर्ने बलात् क्रान्तिको सतत कामना गर्ने विशेष तर आम शहरीहरुसँग पनि भेट हुनपायो । वर्तमानले दोष लगाउने जडता समकालिन बेलाको गतिशिल बिचार व्यवहारमा रहेको हुनसक्छ । भनिन्छ र प्रमाणित हुन्छ पनि रोकिएको पानी दुषित हुन्छ ।

साथीहरुको पारिवारिक सम्बन्ध र व्यक्तिगत दिनचर्यामा मलाइ चासो र चियोचर्चा गर्नु थिएन । तर, आजभोलिको चलनअनुसार आफूसँग रहेको धन र सुनको कुरा गर्न मन पराउँदा रहेछन् । परिवारका कतिजना सदस्य विदेशमा खासगरी अमेरिकामा छन्, गर्वका साथ सुनाउँदा रहेछन् । बिहेबटुलोमा विदेशमा गरिएका किनमेलको लाजगाल नियात्रा लेखिँदोरहेछ र सुविधाजनक तर महंगा अस्पतालमा उपचारको प्रमाणित बिल भर्पाइ ‘म्यागसेसे पुरस्कार’ सरह गरिँदोरहेछ ।
यी चालु उदाहरणहरु गौरवान्वित भइरहेकोले उपभोक्ता हुनुको अर्थ स्वीकारेर उपभोग्य वस्तुमा परिणत हुनुको बोधले समाज अबुर्द बिमारी पालिरहेछ । यो रोग समृद्धिसँगै आउने निसृत सह उत्पादन बोकिरहँदा र यसको निदान कुनै टि.भी. कार्यक्रममा देखाइने प्रातःकालिन योग प्राणायाममा नहुँदा बरु ज्ञानको फराकिलो गुरुत्वले प्रदान गर्ने करुणा र प्रेमभावले कम हुनसक्छ । फलदायी देखिन्छ । तर, गुणकारी दिक्षामा भन्दा मनकारी भिक्षामा वर्तुल वर्तमानमा यो संभावित उपाय पनि टरिरहेको भान हुन्छ ।

तेही भएर सन्त कवीरको दोहा उदृत छ,

‘जो सुख पायो राम भजनमे, वो सुख नही अमिरी मे, मन लागो मेरो यार गरिबीमे, मन लागो मेरो यार फकिरिमे ।’

व्यक्तित्व र व्यक्तिको लामो व्यवसायिक अनुभव र आनुवांशिक गुणवत्तालाई सरलिकरण नगरी समाजमा घटित भइरहेका मनोवैज्ञानिक समझ थाहा भएको भान हुन्छ । यस्तो लाग्छ, समाज निर्माणमा आवश्यक धेरै परिवर्तनका अवयवहरुमध्ये प्रमुख जनसंख्याको एउटा ठूलो हिस्सा घोडाको खुट्टा लगाएको कछुवामा सवार भएर जुनसुकै दौड जित्न उद्यत छ । समकालिन दौडमा घोडा किन्ने धावक नैतिक भुगोलमा छैनन् । बरु घोडाको खुट्टा मात्रै चर्को मूल्यमा खरिद गर्नेहरुको देखासिखी बढिरहेकोमा सिमित हुँदै गएका तर परम्परा धाँनिरहेका घोडापालकहरु अन्यमन्स्यक स्थितिमा पुगेका छन् ।

प्रस्तुत छरपष्ट लहडी विम्वहरुको प्रयोगमार्फत अर्थाउन नखोजेको विषय शायद यस्तो हुनेछ !

गतिको तिव्रतासँगै समाजको अतिरिक्त परिभाषामा सबैजना सकारात्मक हुदैछन् । जस्तोकी धर्मग्रन्थहरुमा पाइने चालु दिव्यसुक्ति ‘एक सुन्दर विहानी चराचर सुखको सागरमा सरोवर’ हुनेछन् । यस दिव्यसुक्तिको सत्यताको परख गर्ने कुनै सह–हरफ, उप–सुक्ति, अनुसन्धानका निष्कर्षहरु, वैज्ञानिक आधारहरु, महान् ग्रन्थ सर्जकहरुले खर्चेको पाइदैन । वा यसो भन्न सकिन्छ, भौतिकीको नियमले अनुमति दिदैन । अर्थात अडिएको हावा होइन, नभिज्ने तरलता होइन, समय आफैभित्र गुम्सिएर स्वयम् विनिर्माणको अभिलाषी भएको छ ।

अन्त्यमा,
समयले भोगिसकेको विगत अनि जीवनको गुरुत्वविन्दुमा हुर्रिरहेको आगतमा गासिने दिन र रातको हिसाबकिताब गर्नुप¥यो भनेर सोच, समझ र सम्झनालाइ समेट्ने जमर्को गरे ।

nirmaltamang@gmail.com

शुक्रबार, ३० फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर